सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन

२०७८ पुष ९, ०८:४९ खबर संवाददाता

धनगढी : बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ। जिल्लाका तीनओटा स्थानीय तह पञ्चेश्वर र शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको रेफरल सेन्टरको रुपमा रहेको मेलौलीकै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो।

स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृत र एक जना स्टाफ नर्सको दरबन्दी भएपनि पदपूर्ती हुन सकेको छैन। नगरपालिकाले करारमा भर्ना गरेका डाक्टरको करार अवधि सकिएपछि पछिल्लो तीन महिनायता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए। 

स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले चिकित्सक नहुँदा इसीजी, अल्ट्रासाउण्ड लगायतका सेवाहरु अवरुद्ध भएका बताए। डाक्टर नहुँदा शव पोष्टमार्टमका साथै निरोगिताको प्रमाणपत्रलगायतका कामका लागि समेत जिल्ला नै धाउनुपर्ने अवस्था सिर्जना भएको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस