सुदूर नेपाललाई विश्वसँग जोड्दै

पारिश्रमिकको रकम अपाङ्ग र असहायलाई सहयोग

। फोटो स्रोत ।
२०७५ पुष २२, ०६:१६

बडीकेदार गाउँपालिका–५ लानाकेदारेश्वरका वडाध्यक्ष बुद्धिसागर बिनाडीले पारिश्रमिकको केही अंशबाट गाउँपालिका विभिन्न वडाका अपाङ्ग, असहाय, वृद्ध, दलितलाई आर्थिक सहयोग गरेको छ। 
उनले आफ्नो गाउँपालिकाका सबै वडामा रहेका असहायलाई रु दुई  हजारका दरले आर्थिक सहयोग गरेको हो। उनले आफूले गरेको आर्थिक सहयोग धेरै ठूलो नभए पनि असहाय र विपन्नका लागि ठूलो भएको बताए।
त्यस्तै उनले आफ्नो वडाभित्र रहेका विद्यालयबाट छनोट गरी गरीब, जेहेन्दार, उत्कृष्ट अङ्क ल्याउने दश जना छात्राछात्र र गाउँपालिकाअन्तर्गत विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ट काम गर्ने केही कर्मचारीलाई पनि पुरस्कृत गर्ने योजना रहेको बताए। रासस
 

कमेन्ट लोड गर्नुस