प्रधानमन्त्री कप महिला क्रिकेटः सुदूरपश्चिमले प्रदेश २ लाई दियो १४४ रनको लक्ष्य
धनगढी: धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीवार लिग चरणका अन्तिम दुई खेल भईरहेका छन्। पहिलो खेलमा समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले प्रदेश २ सँग प्रतिस्पर्धा गरिरहेको छ।
सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट क्षतिमा १४३ रन बनाएको छ। सुदूरपश्चिमका लागि विन्दु रावलले अर्धशतकीय पारी सहित ५० रन बनाइन्। त्यस्तै रुवि पोदारले २१ रन डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३ रन बनाइन्।
प्रदेश २ का लागि विमला मगरले २ विकेट लिइन्। त्यस्तै साना प्रविन, अनुराना चौधरीले एक एक विकेट लिइन्। १४४ रनको लक्ष्य पछ्याएर प्रदेश २ ले ब्याटिङ गरिरहेको छ। यो खेलको विजेता सेमिफाईनल प्रवेश गर्नेछ।