सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि उद्यमतर्फ युवाको आकर्षण

२०७५ पुष २२, ०२:५९

जिल्लामा पछिल्लो समय कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्न थालेको छ। 
विदेश तथा सरकारी जागिर मात्र होइन आफैँ उद्यम गरे पनि राम्रो मुनाफा लिन सकिने भन्दै यहाँका युवा सोप्रति आकर्षित हुन थालका हुन। शिखर नगरपालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामुहिक बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ। डोटी बहुमुखी क्याम्पसबाट राजनीति शास्त्रमा स्नाकोत्तर गरेर अनेरास्ववियुका जिल्ला अध्यक्षसमेत रहनुभएका उनले आय आर्जन गर्न उक्त व्यवसाय रोजेको बताए। 
सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट विनाब्याज रु पाँच लाख ऋण लिएर उहाँले  बाख्रापालन गरेको हो। उनले युवा समितिमार्फत काफली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र प्रगतिशील कृषक समूहबीच सहकार्य गरेर व्यावसाय सुरु गरेको बताए। जमुनापारी क्रस र खरी जातका बाख्रापालन गरिरहेका प्रगतिशील कृषक समूहका उपाध्यक्ष समेत रहनु भएका बोहरा बाख्रापालन व्यवसाय सुरु गर्न पाएकोमा खुशी हुनुहुन्छ। 
त्यस्तै सोही कृषक समूहका दलबहादुर बोहराले पनि बाख्रापालन गरिरहनुभएको छ। युवा समितिले युवा उद्यम कार्यक्रम अन्तर्गत गत वर्ष जिल्लाका दुई उद्यम समूहलाई आर्थिक सहयोग गरेको समितिका कम्प्युटर अपरेटर गणेश मल्लले जानकारी दिए। समितिले बाख्रापालन मात्र नभएर आधुनिक सीप विकास मञ्च लामीखालमा खुकुरी, चक्कु, चुलेसी निर्माण व्यवसायका लागि पाँच÷पाँच लाख रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो । 
युवा समितिले लगानी गरेका उद्यम समूहले सन्तोषजनक काम गरेको र जिल्लामा बेरोजगार एवं अनुत्पादक भएर बसेका युवाले पनि आय आर्जनमूलक व्यवसाय गर्नुपर्नेमा समितिका अध्यक्ष बमबहादुर बमले बताए। 

सुन्तलाले बजार पाएन
अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ। सुन्तला उत्पादन बढेकोमा खुशी भएका यहाँका ग्रामिण क्षेत्रका किसानहरु बजार नपाउने भएपछि चिन्तित बनेका छन्। 
सुन्तलाले बजार नपाउँदा चिन्तामा परेको निरौलीका कृषक हर्क साँउदले बताए। उनले मात्रै करिब तीन रोपनी जमीनमा सुन्तला लगाएको छ। बजारमा अझै पनि सुन्तलाको उचित मुल्य आइ नसकेको र आफूहरु बजारकै खोजीमा रहेको उनले बताए। 
बजार व्यवस्थापन र शीत भण्डारको अभावले यहाँका सुन्तला उत्पादक किसानहरु मर्कामा पर्ने गरेका छन्। विगतका बर्षमा यहाँका किसानका बारीमै सुन्तला किन्न आउने भएपनि यो बर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएको गड्सेराका कृषक लिलाधर बिष्टले बताए। जिल्लाको बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायतका ठाउँमा सुन्तला खेती गरिन्छ। रासस
 

कमेन्ट लोड गर्नुस