सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १५ करोडको लगानीमा खुल्यो हेलो मार्ट

२०७८ पुष ७, ०५:०४ खबर संवाददाता

धनगढीः धनगढीमा हेलो मार्ट सञ्चालनमा आएको छ। उपमहानगरपालिकाको २ स्थानमा हेलो मार्ट सञ्चालमा ल्याइएको हो। १५ करोडको लगानीमा सञ्चालनमा ल्याइएका उक्त मार्टहरुको बुधबार कैलाली उद्योेग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका छन्।  उनले  धनगढीको ट्राफिक चौराह नजिक रहेको मुख्य मार्ट र क्याम्पस चोकमा शाखा मार्टको उद्घाटन गरेका हुन्। 

यस्तै यहि पुस ९ गते अत्तरियामा पनि सो मार्टको शाखा उद्घाटन गरिने मार्टका सञ्चालक झपट बोहराले बताए। सुदूरपश्चिममा ७ वटा मार्ट सञ्चालनमा ल्याउने उदेश्य रहेको उनले बताए। ‘३ वटा मार्ट सञ्चालनमा ल्याइसकेका छौँ। थप ७ वटा अझै सञ्चालनमा ल्याउनेछौँ। नेपाल भरिनै यसको शाखा बिस्तार गरिने छ’ उनले भने। 

विशेष गरेर अर्गानिक तरकारी तथा फलफूल, नगदेबाली, सुन्तला, स्याउ, किवी, दुध, पनिर, कुखुरा, हाँस र कालिज लगायतका स्थानीय स्तरमै उत्पादन गर्ने किसानहरुलाई प्राथमिकतामा राखेर उनीहरुबाटै प्रत्यक्ष रुपमा खरिद गर्ने सञ्चालक बोहराले बताए।

‘अर्गानिक चिजवस्तुलाई बिचौलियामार्फत नभइ प्रत्यक्ष रुपमा किसानबाटै खरिद गरेर उनीहरुलाई नै सहुलियत दिने लक्ष्य लिएका छौँ’ उनले भने, ‘ग्राहकहरुले पनि आफूले चाहेको सामगी्र सुपथ मूल्यमा पाउन सक्नेछन्।’ प्रत्यक्ष कृषि क्षेत्रमा आवद्ध रहेका किसानहरुको जीवनस्तरलाई उकास्ने र ग्राहकहरुलाई पनि सन्तुष्टि दिने लक्ष्य रहेको मार्टका सञ्चालक झपट बोहराले बताए।  

कमेन्ट लोड गर्नुस