सुदूर नेपाललाई विश्वसँग जोड्दै

५५ हजारको जागीर छोडेर व्यवसायिक तरकारी खेतीमा गजेन्द्र

२०७५ पुष २२, ११:२८ कमल सावद

गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडामा एक सेतो घर छ। घरलाई सेतो प्लाष्टिकले बेरिएको छ भने वरिपरि हरियो रंगको बार लगाईएको छ। बाहिरबाट हेर्दा ठुलै उद्योग जस्तो देखिन्छ यो प्लाष्टिक घर। रेडियन्ट ग्याँस उद्योगको पुर्वपट्टी रहेको यो ६० कट्टा जमिनलाई कञ्चनपुरको वेद्कोट नगरपालिका ९ सुन्दरपुरका गजेन्द्र शाहले भाडामा लिएका छन्। उनले यो जमिन तरकारी खेती गर्न भाडामा लिएका हुन्। शाह २०७४ सालअघि १५ बर्ष एक संस्थामा काम गर्दै थिए। उनले काम गर्ने संस्थामा ५५ हजार मासिक तलब थियो। कृषि क्षेत्रमा काम गर्दै आएको त्यो संस्थामा काम गर्दा उनले नेपालका विभिन्न क्षेत्रसंगै भारतका कृषि उद्योगहरुको समेत भ्रमण गर्ने अवसर पाए। भारतमा भईरहेको आधुनिक कृषि व्यवसायिबाट प्रेरित भएको बताउने शाहले २०७४ बैशाखमा गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडामा मञ्जरी एग्रिकल्चर प्रा.लि सञ्चालन गरे। उनले सुरुवातदेखि नै ४ जना कृषि प्राविधिकलाई पनि साथमा राखेका छन्। 
शाहले सञ्चालन गरेको फर्ममा सुरुवातदेखि नै कृषि प्राविधिक भुपेन्द्रबहादुर खत्रीले काम गर्दै आएका छन्। बेमौसमी तरकारी खेतीका लागि निर्माण गरिएको नेट हाउस र ग्रीन हाउसमा अहिले टमाटर र खुर्सानी खेती छ। सात कठाको नेट हाउसमा टमाटर खेती गरिएको छ भने १२ कट्टा जमीनको ग्रीन हाउसमा भेडे खुसार्नीको खेती गरिएको छ। अन्य खुला जमीनमा समते टमाटर खेती गरिएको छ। शाहले ६० कठ्ठा बढी भाडामा लिएर टमाटर र खुर्सानी खेती गरिरहेका हुन्। कन्ट्रोल फार्मिङ स्टम भन्छ, यस्ले तापक्रम मेन्टेन गर्ने गर्छ– कृषि प्राविधिक खत्रीले भने। उनले थपे, नयाँ प्रविधिको नेट हाउस हो। बिषाधी, मल र किरा नियान्त्रणमा लाग्ने खर्च यो बाट बच्ने हुन्छ। खर्च पनि कम लाग्ने गर्दछ। 
मञ्जरी एग्रीकल्चर फर्ममा चार जना प्राविधिकले काम गर्दै आएका छन्। टमाटरमा डडुवाको समस्या देखिने हुन्छ। मञ्जरी एग्रीकल्चरमा  जैविक बिषाधीलाई प्राथामिकता दिएको दावी गरिएको छ। बलौटे माटोमा तरकारी खेती गरीएकाले थोरै चुनौती आएको प्राविधिकहरुले बताएको छ।  गत  बर्ष उत्पादन राम्रो भएको फर्मले बताएको छ। टमाटरको मुल्य नपाउँदा भने समस्या रहेको छ, कृषि प्राविधिक भुपेन्द्रले भने,– किसान सबै भन्दा ठुलो हो। नेताहरुले खाने खाना पनि हामीले नै उत्पादन गरेको हो। कञ्चनपुरको सुन्दरपुरका गजेन्द्र शाहले कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडामा एक करोडको लगानीमा तरकारी फर्म सञ्चालन गरेका हुन्।  ९२ लाखको लागतमा भौतिक संरचना निर्माण भएको भएपनि अन्य खर्च सहित एक करोड नाघेको हो। बेमौसमी तरकारी खेती गर्न सहजतका लागि उनले फर्म सञ्चालन गरेका हुन्। उनले प्रति बिगाह ४० हजारका दरले ३ बिगाह जमीन भाडामा लिएर तरकारी फर्म सञ्चालन गरेका छन्। संस्थामा काम गर्दा नेपाल तथा भारतका विभिन्न कृषि फर्महरुको अध्यान गरेका उनले फर्म भन्दा अगाडी धनगढीमा कृषि सहयोग केन्द्र सुरु गरेका थिए। विभिन्न कृषि फर्महरुको अध्ययनबाट सिकेको सिपलाई कृषिमा नै प्रयोग गर्न मञ्जरी एग्रीकल्चर प्रालि सञ्चालन गरेको उनी बताउँछन्। कृषि क्षेत्रमा व्यवसायिकरण सुदूर पश्चिममा अझै सुरुवात भएको छैन्, उनले भने सुरुवातीको प्रक्रियामा हामी छौ। भारतबाट आएका किसानले मात्र व्यवसायी तरकारी खेती गर्दै आएका छन्। नेपालीहरु पनि व्यवसायी तरकारी खेतीमा गर्न सुरु गरेका छौ। नयाँ प्रविधिबाट किसानले काम गर्ने हो भने कृषिबाट सम्वृद्धि सम्भव छ। 

दूरपश्चिम प्रदेशमा व्यवसायीक कृषि खेतीमा लाग्ने कृषकहरुको सङख्या  बढ्दै गएको छ। सरकारी क्षेत्रबाट कृषि क्षेत्रको विकास र प्राविधिक सहयोगमा टेवा पुगे कृषीजन्य सामाग्रीका लागि परनिर्भर हुन पर्ने अवस्था हट्ने शाह बताउँछन्। कृषिबाटै समृद्धिको नारा लगाईरहेको प्रदेश सरकार कृषि कार्यालयहरुमै कर्मचारी व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा युवाहरु भने करोडौ लगानी गर्दै कृषिमा भविष्य खोजिरहेका छन्। धनगढीमा उनले सञ्चालन गरेको कृषक प्राविधिक सहयोग केन्द्रमा कृषिका लागि आवश्यक औजार पनि बिक्री गर्दै आएका छन्। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस