सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीद्धारा सालको काठ सहित दुईजना पक्राउ

२०७५ पुष २१, ०४:३८

सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका १२ जुगेडा बी गाउँबाट सालको काठ सहित दुईजनालाई पक्राउ गरेको छ। झण्डै  सवा एक लाख बराबरको सालको कडी र फ्रेम सहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर कैलाली नम्बर ३४ गणले जनाएको छ।

सशस्त्र प्रहरी नायब नीरिक्षक राकेश धामीको नेतृत्वको टोलीले आज बिहान ८ बजेतीर धनगढी १० जुगेडाका ५५ वर्षिय रमेश राना र वडा नम्बर १२ का ४२ वर्षिय भागिराम चौधरीलाई काठ सहित पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक विष्णु भट्टले जानकारी दिए। उनका अनुसार विभिन्न साइजका ६९ सालका कडी र दुईवटा फ्रेम पनि बरामद गरिएको छ।

दुई वटा गोरु गडा पनि नियन्त्रणमा लिइएको छ। बरामद गरिएको काठ सहित पक्राउ परेका दुवैजनालाई सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला वन डिभिजन कार्यालयको जिम्मा लगाएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस