सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको निङ्गलाशैनी मन्दिरमा आज जमानी जात्रा

फाइल फोटो
फाइल फोटो
२०७८ पुष ४, ०९:३२ खबर संवाददाता

धनगढी : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भजवती मन्दिरमा आज जमानी जात्रा लागेको छ। दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा रहेको सो मन्दिरमा हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन जमानी जात्रा लाग्ने गरेको स्थानीय संस्कृतिका जानकार कविराज भट्टले बताए।

यो जात्रामा मन्दिरमा कुनै प्रकारको बलि नहुने बताइएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन विशेष पूजाआजासहित जात्रा लाग्ने गर्दछ।

जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने गरिन्छ। जात्रालाई व्यवस्थित बनाउन देहीमाण्डौं बजार क्षेत्रलाई मदिरा निषेधित बनाइएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए।  
 

कमेन्ट लोड गर्नुस