दार्चुलामा सोमबारदेखि बालबालिकालाई मोडर्ना खोप लगाइने
धनगढी : दार्चुलामा सोमबारदेखि बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइने भएको छ। १२ देखि १७ वर्ष उमेर समूहका जिल्लाका २१ हजार ३३२ बालबालिकालाई यही पुस ५ गतेदेखि मोडर्ना खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
बिहीबार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट १५ हजार ६०० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए। अपुग ५ हजार ७३२ डोज खोप पनि माग गरिएको बताइएको छ। पहिलो चरणमा पुस ५ गतेदेखि ८ गतेसम्म खोप लगाइने छ।