सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आजदेखि महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

२०७८ पुष ३, ०८:३३ खबर संवाददाता

धनगढी :धनगढीमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। फाप्ला क्रिकेट मैदानमा आज बिहान नौ बजे सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रतियोगिताको उद्घाटन गर्नेछन्।

पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेश भिड्नेछन्। यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश भिड्नेछन्। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा  सञ्चालन हुन लागेको प्रतियोगिता पुस  ११ गते सम्पन्न हुनेछ।

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए। समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बि मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन्। 

प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन्। 

कमेन्ट लोड गर्नुस