सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा २६९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि

२०७८ पुष २, ०४:२४ खबर संवाददाता

धनगढी : देशभर पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार ६९१ जनाको नमूना परीक्षण गर्दा २६९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै १ हजार ३२५ जनामा एन्टीजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको हो। यसैगरी पछिल्लो २४ घण्टामा २७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।  नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसंगै सो समयमा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस