नेपाली क्रिकेट टिमको क्याप्टेनमा सन्दीप लामिछाने
धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टिमको क्याप्टेन सन्दीप लामिछाने भएका छन्। क्याप्टेनबाट ज्ञानेन्द्र मल्ललाई हटाइएको र उनको स्थानमा सन्दीप लामिछानेलाई ल्याइएको हो। उनीसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, मकल सिहं ऐरीलाई क्रिकेट टिमबाट हटाउने निर्णय नेपाल क्रिकेट संघले गरेको छ।
उनीहरुलाई मर्यादाविपरीतका आचरण गरेको आरोपमा पदमुक्त गरिएको हो। अनुशासन उल्लंघनबारे गठित समितिको सिफारिसका आधारमा मल्ल र ऐरी पदमुक्त भएका हुन्।