बझाङमा १२ वर्षीय बालक मृत भेटिए
सुनिल मण्डेल, बझाङः बझाङमा १२ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन्। जिल्लाको सुर्मा गाउँपालिका घर भएका हाल सदरमुकाम चैनपुरमा बस्दै आएका सहदेव सुर्मेलि मृत भेटिएका हुन्।
बुधबार दिउँसो १ बजेको समयमा चैनपुरको आफ्नै घरमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा लगिएको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर बिष्टले बताए।