सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा स्तरोन्नतिसँगै सेवा सुधारको काम गरिने

गौचरणमा परिणत भएका विमानस्थलका लागि कुनै योजना छैन्

२०७५ पुष २०, ११:५२ सीताराम ओझा

धनगढी विमानस्थलमा स्तरोन्नतिको काम चलिरहेका वेला आवश्यक पर्ने थप उपकरण राखेर सेवा सुधारको काम पनि हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक बर्षभित्र सेवा सुधारका लागि काम अगाडी वढ्ने भएको हो । अहिले रात्रीकालीन र कम भिजिविलीटीमा पनि जहाज उडान र अवतरणका लागि अधिग्रहण गरिएको जग्गाको संरक्षण तारवार र माटो भरानको काम अन्तिम चरणमा पुगेका वेला अवश्यक उपकरणहरु थपेर सुदुरपश्चिम प्रदेशको एक मात्रै सञ्चालनमा रहेको धनगढी विमानस्थलमा सेवा विस्तार गरिन थालेको हो । तर गौचरणमा परिणत भएका विमानस्थलका लागि पनि कुनै योजना नरहेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । 

सुदुरपश्चिम प्रदेशको एक मात्रै सञ्चालनमा रहेको धनगढी विमानस्थललाई मुख्य प्राथमिकतामा राखेर सेवा विस्तारको काम अगाडी वढाईएको नेपाल नागरिक उड्डन प्राधिकरणले जनाएको छ । चालु आर्थिक बर्षमा धवनमार्ग वृद्धि, दमकलको सुविधा थप, एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, रिमोट मोनिटिलिङ लगायतका सेवा थप र विस्तारको काम अगाडी वढिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए । 

धनगढी विमानस्थलका लागि काम भईरहँदा वन्द अवस्थामा रहेका प्रदेशका विभिन्न विमानस्थलका लागि भने प्राधिकरणको कुनै योजना नै छन् । बर्षौदेखि बन्द भएका विमानस्थल सञ्चालन गर्नका लागि धाईरहेको जन प्रतिनिधिले बताए पनि प्राधिकरणसँग ती विमानस्थलका लागि कुनै योजना नभएका हुन् । अघिल्लो बर्षको योजना अनुसार अछामको साफेंबगर विमानस्थल कालोपत्रे सम्पन्न गरेर परीक्षण उडान हुँदा डोटीको दिपायल र बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम सकिएको छैन । अछामको कमलबजार, बझाङको चैनपुर, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुग्दा पनि ती विमानस्थलका लागि न त कुनै योजना नै छ । न त एक रुपैया पनि काम गर्नका लागि छुट्टाईएको प्रवक्ता श्रेष्ठले बताए । 

सुदूरपश्चिमका धेरैजसो विमानस्थलहरु सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परिरहेको छ । विमानस्थलहरु गौचरणमा परिणत हुँदा भएका उपकरणहरु पनि काम नलाग्ने अवस्थामा पुगेका छन् । तर नेपालमा हवाई सेवा सञ्चालन गर्दै आएको नेपाल नागरिक उड्डय प्राधिकरणले भने स्थानीय तह र हवाई सेवा प्रदायक कम्पनीहरु बीचमा समझदारी भएमा हवाई सेवाका लागि आवश्यक पर्ने पुर्वाधार निर्माण गर्न सकिने बताएको छ । यात्रु अभावले पनि हवाई सेवा दिन निजि विमान कम्पनीहरु डराईरहेका वेला स्थानीय तहले त्यो समस्याका लागि कदम चाल्न सकेमा हवाई सेवा सञ्चालन गर्न समय नलाग्ने प्राधिकरणको भनाई छ । प्राधिकरणकाउपनिर्देशक तथा प्रवक्ता विरेन्द्र श्रेष्ठ स्थानीय तहले पहल गरेमा आफुहरु सहयोग गर्न तयार रहेको बताए ।
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस