बाजुराका महिलाहरुले सुुत्केरी भत्ता पाएनन्
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराए बाफत सुत्केरी आमालाई प्रोत्साहन भत्ता अनिवार्य दिने ब्यबस्था गरेको छ। भत्ता सँगै आमा र बच्चालाई न्यानो लुगा पनि अनिवार्य ब्यबस्था गरेको छ। संस्थामा सुत्केरी गराए बाफत ३ हजार र नियमित गर्भजाँचको ८ सय गरि ३८ सय र न्यानो लुगा १ हजार बराबरको दिने ब्यबस्था छ। तर बाजुराका धेरै सुत्केरी आमा र बच्चा यो सेवा बाट बञ्चित भएका छन्।
सरकारले यो आर्थिक बर्ष बाट सुत्केरीलाई स्वास्थ्य संस्थामा सुत्केरी गराए बाफत पाँउने रकम दोब्बोर गरेको थियो। निर्णय मात्र गरयो तर सुत्केरीले पाँउने बजेट अहिले सम्म पनि नदिएको छतारा स्वास्थ्य चौकीमा कार्यरत अनमि सुमित्रा पाध्यायले वताईन्। साउन यता ३८ जना सुत्केरीले भत्ता नपाएको वताईन्। त्रिवेणि नगरपालिका १ बस्ने सुनिता चदाराले साउन ४ गते स्वास्थ्य संस्थामा बच्चा जन्माईन्, र नियमिति गर्भजाच समेत गराईन उनले पाउने ३८ सय नपाएको वताईन्। पछि बजेट आएपछि दिने भनेका छन्, ६ महिना सम्म पनि नपाएको उनले वताईन्।
बजेट निकाश नभए भएको भन्दै बजेट स्वास्थ्य संस्थामा दिन नसकेको त्रिबेणि नगरपालिका स्वास्थ्य संयोजक चिरञ्जीबि शाहले वताए। त्रिबेणी नगरपालिका कुनै पनि सुत्केरीले नपाएको उनले वताए। त्रिबेणी मात्र नभई जिल्लाका धेरै महिलालले नपाएको पाईएको छ। बुढिन्नदा नगरपालिकाको पाण्डुसेन स्वास्थ्य चौकीमा कार्यरत अनमि मधु श्रेष्ठले भनिन्, नगरपालिकाले बजेट छैन् भनेर नदिएपछि आफुहरुले नदिएको वताईन्। अनिवार्य रुपमा प्रोत्साहन भत्ता दिनुपर्ने ब्यबस्था हो, तर बजेट छैन् भनेपछि आफुहरुले दिन नसकेको श्रेष्ठले वताईन्।
बजेट अभाब भन्दै धेरै स्वास्थ्य संस्थाले सुत्केरी महिलाले सेवा सुबिधा दिन सकेका छैनन्। बुढिन्नदा नगरपालिका स्वास्थ्य संयोजक जशि लुवार नगरपालिकाले पैशा नदिदा दिन नसकेको वताए। बुढिन्नदा नगरपालिका नगरप्रमुख पदम गिरीले भने नगरपालिकामा कर्मचारी नबस्ने समस्या र अर्को सरकारले निर्णय गरेपनि प्रोत्साहन भत्ता कम पठाउने भएकाले समस्या भएको वताए। बाजुरा जिल्लामा प्रत्येक बर्ष प्रोत्साहन भत्ता धेरै महिलाहरु नपाउने गरेको स्थानियले वताएका छन्। जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख डा. रुपचन्द्र बिकले भने बजेट कम हुने सुत्केरी हुनेको संख्या बढि हुने भएकाले समस्या आएको वताएका छन्।