सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा लाग्ने बाह्र राशि दर्शन मकर मेलाको तयारी तिव्र

२०७५ पुष १९, ०६:११

कैलालीको गोदावरीमा लाग्ने बाह्र राशि दर्शन मकर मेलाको तयारी तिव्र पारिएको छ। आयोजक गोदावरी धाम समितीले आज धनगढीमा पत्रकार सम्मेलन गरि सो विषयमा जानकारी दिएको हो। गोदाबरी धार्मिक स्थलमा सरसफाई, बाटो निर्माण लगायतका कार्य र अन्य तयारी शु? गरिएको धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिनु भयो। हरेक १२ बर्षमा कुम्भ मेला, ६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने योजना अनुसार बाह्र राशि दर्शन मकर मेलाको तयारी तिव्र पारिएको उहाँले बताए। १२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छन्। मकर मेला यहि पुस ३० गतेदेखी माघ १२ सम्म लाग्ने छ।

कमेन्ट लोड गर्नुस