बैतडीमा अल्ट्रा साउण्ड शिवीर सम्पन्न
बैतडीको सीगास गाउँपालिकाले गर्भवती महिलाहरुको लागी सुरु गरेको अल्ट्रा साउण्ड शिवीर सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिका भरीका सबै ६ वटा स्वास्थ्य चौकीमा अल्ट्रा साउण्ड शिवीर सम्पन्न भएको जनाएको छ। यहि पुस १० गतेबाट सुरु भएको शिवीरमा २११ जना गभर्वती महिलाहरुले सेवा लिएका गाउँपालिकाका सह—स्वास्थ्य संयोजक जनक सीह धामीले बताए।
शिवीर गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा संञ्चालन गरीएका उनले बताए। शिवीरमा गर्भवती महिलाहरुको निशुल्क भिडीयो एक्सरे गरीएको थियो। गाउँपालिकाको ५० हजारको सहयोगमा शिवीर सम्पन्न गरीएको धामीले बताए।
दुर्गम ठाउँका गर्भवती महिलाहरु भिडीयो एक्सरे गर्नको लागी टाढा जान नसक्ने भएकोले उनीहरुको लागी गाउँघरमै शिवीर संञ्चालन गरीएको गाउँपालिकाका अध्यक्ष हरिसीह धामीले बताए। महिलाहरुको समस्यालाई मध्ययनजर गर्दै गाउँपालिकाले यो शिवीर सुरु गरेको गाउँपालिकाकी उपाअध्यक्ष द्रोपती चन्दले बताईन्। साथै शिवीरमा पाठेघर खसेका महिलाहरुलाई पनि सेवा दिईएको थियो। ५० जना पाठेघर खसेका महिलाहरुले उक्त्त शिवीरबाट सेवा लिएका सहस्वास्थ्य संयोजक धामीले बताए। गाउँघरमै सेवा पाउँदा त्यहाँका महिलाहरु खुसी भएका छन्।