अछाममा किशोरीको हत्या गरेको आशंकामा ४ जना पक्राउ
अछाम: शनिबार अछाममा मृत फेला परेकी किशोरीको हत्या भएको आशंका गरिएको छ। उनको हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। परिवारले दिएको किटानी जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी मंसिर २१ गतेदेखि बेपत्ता थिइन्। उनको शव शनिबार मंगलसैन रामारोशन सडक खण्डको खर तोला भन्ने ठाउँमा भेटिएको थियो।
शवको आज पोस्टमार्टम गरिएको आफन्तले जनाएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।