सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्वाधारवाट बन्चित रहेको डमौलिया गाँउको मुहार फेरिदै

२०७५ पुष १९, ११:३६ कमल सावद

साविकको उर्मा गाविसमा पर्ने धनगढी उप–महानगरपालिका वडा नम्वर १७ डमौलियामा पोल गाढेको ६ बर्ष पछि बल्ल विजुली बल्यो। डमौलीयामा विद्युत सेवा विस्तारका लागि एक घर एक हजार रुपैया अभियान समेत चलाएको ९ वर्ष बितेको छ। केही स्थानमा २ वर्ष पहिले तार विछ्याइएको थियो। ट्रान्सफर्मर जडान  भएको पनि  १ वर्षपछि मात्र गाँउमा विजुली बलेको हो। गाँउमा विजुली बलेपछि डमौलियका स्थानीय हर्षित भएका छन्। डगौलीका स्थानीय पशुराम चौधरीले भने गाँउमा विजुली आएको छ। हामी खुसी छौ।  गाँउमा सडक समेत बनेको छ। विजुली बलेकाले विद्यार्थीलाई पनि सहज भएको विद्यार्थी छत्र बमले बताए। उनले भने, डमौलियामा विजुली थिएन, अहिले बलेको छ, हामीलाई सजिलो भएको छ।  

गाँउमा  विजुली बाल्ने बिषयमा स्थानले सरोकारवालाले बेवास्ता गरेको आरोप लगाउर्दै आएका थिए। अब भने उनीहरु खुशी भएका छन्। स्थानीय खडक सिँ बमले डमौलिया गाँउ फेरीएको बताए। डमौलियमा विजुली र सडक भएको छ। सजिलो भएको छ। गाँउको सबै टोलहरुमा अझै विजुली छैन्। धेरै ठाँउमा त अझै बाँकी छ। उनले भने। सडकमा खाल्डा खुल्डी हुने गरेका थिए, अब भने पिच भएको छ। धनगढी जानका लागि पुलको समेत सर्वे भएको छ उनले भने। विद्यार्थी खगेन्द्र साउँदले चौमाला जान भने समस्या रहेको बताए। गाैरीगंगा नगरपालिका क्षेत्रमा समस्या रहेको उनले बताए।

डमौलिया गाँउमा कालोपत्रे सडकको काम समेत सुरु भएको छ। क्षेत्रीय शहरी विकास कार्यक्रमले १२ दशमलव २ किलोमिटर पिच सडक निर्माण सूरु गरेको हो। उर्मा–पथरी–धुर्जनना–डगौलिया सडकको ९ करोडमा ठेक्का भएको थियो। अहिले सम्म ६५ प्रतिशतको हाराहारीमा भौतिक प्रगती भएको छ।  २०७६ अषाढ ८ गतेसम्म सडकको निर्माणको समय रहेको छ।  राजेन्द्र–केसी जेभीले सडक निर्माणको काम गर्दै छ। सडकको कालोपत्रे मात्र कम्तीमा ३ दशमलव ७५  मिटर  हुने छ। शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाईका ईन्जिनियर झंक थापाले चिसो भएकाले कालोपत्रेको काम भने रोकेको बताए। गर्मी मौसम पुरु भएपछि कालोपत्रेको काम सुरु हुने उनले बताए।

सडकको अहिले कालोपत्रेको काम भने रोकिएको छ। मौसम चिसो भएकाले कालोपत्रेको काम रोकिएको हो। अन्य सडक निर्माणको काम भने भइरहेको छ। गाँउमा विजुलीका साथै सडकको पनि सुविधा भएपछि स्थानीय खुसी भएका छन्। यता, वडा नम्बर १७ का अध्यक्ष माधव रानाले चालु आर्थिक वर्षको बजेटमा भने विद्युत विस्तारकै लागि वडा कार्यालयबाट १० लाख र धनगढी उप–महानगरपालिकाको कार्यालयबाट १० लाख बजेट छुट्याईएको बताउनु भयो। यो आर्थिक बर्षमा विद्युत प्राधिकरणले २० लाख लगानीमा डमौलिया गाँउको बाँकी विद्युतीकरणको काम गर्नेछ। 

विकासका पुर्वाधार नभएको धनगढी उप–महानगरपालिकाको डमौलिया गाँउमा विजुली र पक्की सडकको सुविधा पुगेपछि स्थानीय हर्षित भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १७ को डमौलियाका वासीन्दाले पोल गाडेको ६ बर्षपति गत दशैंदेखि विजुली बाल्न पाएका थिए । गाँउमा विद्युत सेवा विस्तारका लागि नेपाल विद्युत प्राधिकरणले पोल गाडेको ६ वर्षपछि मुख्य क्षेत्रमा विद्युत बलेको हो । बाँकी रहेको टोलहरुमा पनि विजुली चाँडो बाल्नका लागि उनीहरुले माग गरेका छन्। विजुली नभएको डमौलियामा सडक समेत थिएन । अब भने कालोपत्रे सडक निर्माण भईरहेको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस