सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहको बजेटमा जनप्रतिनिधिको रजाई

वलियो प्रतिपक्षको अभाव

२०७५ पुष १९, ०७:०४ सीताराम ओझा

सुदुरपश्चिम प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुको मनपर्दो रजाई वढेको छ । विकास निर्माण र सवारी साधन खरिद र कार्यकर्ताहरुको सेवामा स्थानीय तहका जन प्रतिनिधिहरुको मनपर्दो रजाई वढेसँगै अनियमितता र भष्ट्राचारमा वृद्धि भएको छ । विभिन्न विकास निर्माण योजनाहरु कार्यकर्तालाई दिने उपभोक्ता समितिको ठुलो बजेट मिले कुम्लयाउने र विरोध गर्नेलाई पनि भाग दिएर चुप लगाउने प्रवृतिले अनियमितता र भष्ट्राचार मौलाएको हो । 

कैलालीको मोहन्यला गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतले आर्थिक अनियमितता गरेको भन्दै उपाधयक्ष लगायतका जन प्रतिनिधिले आफ्नो भाग पाउनका लागि मोलमोलाई गरेको कुरा अहिले चर्चामा रहेको छ । जनताहरुको सेवा गर्नु भनेर स्थानीय तहमा पुगेका जन प्रतिनिधिहरु आफ्नै दुनो सोझ्याउन र आफ्नै कमाउ धन्धमा लागेपछि नागरिकहरुमा निराशा वढेकै वेला जन प्रतिनिधिहरुको ठुलो रकम अनियमितता गर्ने र भष्ट्राचार गर्ने कार्यहरु उदाङगो समेत हुन थालेका छन् । मोहन्या गाउँपालिकाका स्थानीय मीनबहादुर घर्तीमगरले  जन प्रतिनिधिहरुले भाग खोज्नकालागि लडाई गरिरहेको बताए । 

स्थानीय तहका जन प्रतिनिधिहरुले विकास निर्माण योजनाहरु अन्धाधुन रुपमा वातावरणीय प्रभाव मुल्यांकन नगरेरै गरिरहेका छन् । विकास निर्माणका कामहरुमा आवश्यक उपकरणहरु स्काभेटरm डोजर रोलर लगायतका उपकरणमा उनीहरुको शेयर रहेको छ । तीनै उपकरणहरु महँगो भाडा दिएर स्थानीय तहहरुले काम गराईरहेका छन् । डोटीको दिपायल सिलगडी नगरपालिकाका स्थानीय वासिन्दा जितवहादुर खड्काले विगतमा साविकका गाविसको न्युन बजेटले पनि विकास निर्माणका काम हुने गरेकोमा हाल आएर ठुले बजेटले पनि त्यति काम हुन नसकेको बताए । 

स्थानीय तहमा वढेको विकृत रोक्न कुनै पनि निकाय लागेको देखिदैन् । वरु मेलमोलाई गर्ने अनि आफ्नो भाग पनि लिने कार्यशैली वढेको छ । स्थानीय तहका पदाधिकारीहरुसँग पराजित भएका जन प्रतिनिधिहरुले पनि प्रतिपक्षको भुमिका निर्वाह गर्न सकेका छैनन् । वरु उनीहरुले विरोध गरेमा मुखमा वुझो हाल्ने काम हुँदै आएको छ । तर आफुहरुलाई जानकारी नदिने, सुचना लुकाउने र आफ्नो ईच्छा अनुसार काम हुने गरेको प्रतिपक्षको रुपमा रहनुपर्नेहरु बताउँछन् । कैलालीको चुरे गाउँपालिको अध्यक्षमा पराजित टिकाराम ढुङगाना आफुहरुलाई कुनै जानकारी नै नदिने, सम्पर्कमा आउन नै नचाहेका कारण समस्या भईरहेको बताए । 

स्थानीय तहमा वढेको अनियमितता र भष्ट्राचार विरुद्ध कोही कसैले आवाज उठाएका छैनन् । वरु काले काले मिलेर खाउ भाले भनेर भनेझैं स्थानीय तहलाई दोहन भईरहेको आरोप लागेको छ । अहिले नेकपा र तत्कालीन नेकपा र माओवादीको वहुमत स्थानीय तहमा छ । उनीहरुले दुई तिहाईको दम्भ देखाईरहेको आभाष भईरहेका वेला नेपाली काग्रेंस लगायतका केही दलहरुले पनि वलियो प्रतिपक्षको भुमिका खेल्न नसकेको आरोप लागेको छ । तर अव अनियमितता र भष्ट्राचार विरुद्ध आवाज उठाउने नपाली काग्रेंसको तर्फवाट डोटीको सायल गाउँपालिकाका अध्यक्षमा उम्मेदवार रहेका धर्मराज जोशीले बताए । 

वलियो प्रतिपक्षको अभाव र मिलीजुली खाने प्रवृतिले ठुलो रकम अनियमितता र भष्ट्राचार वढ्दा पनि यसको न्युनीकरण हुनतर्फ भने कसैले ध्यान दिएका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले स्थानीय तहकै सवैभन्दा वढी उजुरी परेको भएपनि त्यसतर्फ अख्तियार समेत चनाखो बन्न सकेको छैन् । अहिले स्थानीय तहहरुलाई वढी अधिकार दिईएका कारण पनि अनियमितता र भष्ट्राचार अझ वढेको हो । शिक्षा स्वास्थ्य लगायतका उजुरी वढी आउनेमा हाल आएर ती सवै कामहरु स्थानीय तहले गर्ने भएकोले त्यससँग सम्बन्धित सवैभन्दा वढी उजुरी पनि परिरहेको अख्तियार दुरुपयोग अनुसनधान आयोगले जनाएको । आयोगको महेन्द्रनगर कार्यालयका सुचना अधिकारी राजन नेपाल अहिले एक नम्बरमा स्थानीय तहकै उजुरी रहेको बताउँछन् । 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस