सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु

२०७८ मंसिर २५, ११:१७ खबर संवाददाता

काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान) ले पुबुदु दसानायकेलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ ९क्यान० ले पुबुदुलाई नियुक्त गरेको औपचारिक रुपमा जानकारी दिएको छ।

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार क्यानले पुबुदसँग दुई वर्षको सम्झौता गर्ने तयारी गरेको छ। पुबुदुको पारिश्रमिक झण्डै १२ हजार डलर रहेको बुझिएको छ। नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाले आवेदन दिए पनि सर्टलिस्टमा १५ जनालाई छनोट गरी अन्तिम चरणमा ५ जनाको अन्तर्वार्ता लिइएको थियो। यसपटक पुबुदुसँगै भारतीय प्रशिक्षक मोन्टी देसाई पनि प्रतिस्पर्धाको अग्रपंक्तिमा थिए।

पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका थिए। पुबुदु नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक हुन्। सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले क्रान्तिकारी परिवर्तन गरेको थियो। सन् २०१४ मा नेपालले पहिलो पटक टि२० विश्वकप खेलेको थियो। पुबुदुको प्रशिक्षकमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो।

कमेन्ट लोड गर्नुस