सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद

२०७८ मंसिर २४, ०५:५५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चरपुर तथा मातहत बोडर आउट पोष्ट झिलमिला, बेलौरी, थापाचोक, पचुई र डोकेबजारबाट खटीएको सीमा गस्ती टोलीले सामान बरामद गरेको हो। 

अवैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याउने क्रममा बेवारिसे अवस्थामा रहेको अन्दाजी मूल्य २ लाख ५ हजार ४९ बराबरको किराना समान, चिनी तथा डिजेल र हार्डवयर सामान बरामद गरेको गणले बताएको छ।  
बरामद गरिएको सामान आवश्यक कानूनी कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस