जन्मदिनमा वृद्धहरुलाई कम्बल वितरण
नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीका जिल्ला सदस्य सरीता कठायतले आफ्नो जन्मोत्सवको अवसरमा वृद्धहरुलाई कम्बल वितरण गरेकी छन्। ग्रामीण विकास सेवा केन्द्र डोटीमा अनुकूलन परियोजनामा पोषण सहजकर्ता समेत रहेकी कठायतले आफ्नो २६ औं जन्मोत्सवका अवसरमा पूज्य धर्मान्तक वृद्धाश्रम सिलगढी डोटीमा रहेका २ जना वृद्धहरुलाई बुधवार कम्बल र फलफुल वितरण गरेकी हुन्। वृद्धाश्रम बस्दै आएका पुर्वि चौकि गाउँपालिका २ का ७४ वर्षीय रघु साउद र दिपायल सिलगढी नगरपालिका ६ का ६३ वर्षीय भरत श्रेष्ठलाई वितरण गरीएको हो। शिखर नगरपािलका ६ पचनालिका ७३ बर्षका किरुवा भुल र सायल गाउपालिका २ तोलेनिका २५ बर्षका असहाय पूजाआजाका लागि गाउँतिर गएका कारण २ जनालाई मात्रै कम्बल वितरण गरिएको वृद्धाश्रमका अध्यक्ष दिनेश रोकायाले बताए।