गैडाको खाग सहित धनगढीमा एक जना पक्राउ
गैडाको खाग सहित एक जना पक्रउ परेका छन। बाजुराको साविकको ब्रह्मतोला गाविस वडा नम्बर ४ घर भएर हाल धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाईमा वस्दै आएका ५१ वर्षीय चक्र भण्डारीलाई प्रहरीले मंगलबार गैडाको खाग सहित पक्रउ गरेको हो। भण्डारीले वन्यजन्तु ओखेटो पहार अवैध चोरी सिकारी ओसार प्रशार तथा विक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार धनगढी उप–महानगरपालिका वडा नम्बर ६ का गगन रौउलेको घरमा लुकाईछिपाई राखेको अवस्थामा गैंडाको खाग सहित उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गर्दै गैडाको खाग सहित ५१ वर्षीय चक्र भण्डारीलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता हरि वलीले भण्डारी एक्लै नभएर अरु पनि हुन सक्ने भएकाले यस वारेमा अनुसन्धान भईरहेको बताए। भण्डारीले गैडाको खाग भारतबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ। पक्रउ परेका भण्डारीलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाईने प्रहरीले जनाएको छ।