थारु होमस्टे गाउँ भादा महोत्सव सुरु
धनगढी उप–महानगरपालिकाको भादमा आज देखी भादा थारु होमस्टे गाउँ भादा महोत्सव सुरु भएको छ। महोत्सव पुष २१ गते सम्म सञ्चालन हुने छ। महोत्सवको एक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले उद्धघाटन गरे। महोत्सवमा थारु परिकार प्रमुख आकर्षण रहेको छ। ‘संरक्षण सम्वद्र्धनके लाग सक्कु जन करी काम, संस्कृति, भेषभूषा राखी हमार पहिचान’ भन्ने नाराका साथ आठौं महोत्सव सुरु गरिएको हो।