भारतीय क्रिकेट टोलीको कप्तानबाट कोहली बर्खास्त
काठमाडौं : भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टोलीको एक दिवसीय फर्म्याटको कप्तानबाट विराट कोहलीलाई बर्खास्त गरेको छ। उनको स्थानमा रोहित शर्मालाई जिम्मेवारी दिइएको छ। बुधबार बीसीसीआईले एक विज्ञप्ति जारी गर्दै रोहित शर्मा टी–२० र एकदिवसीय फम्र्याटको कप्तान बनेको बताएको हो। त्यस्तै रोहित शर्मालाई छनोटकर्ताले टेस्ट फर्म्याटको उपकप्तान बनाउने निर्णय गरेका छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार बीसीसीआईले कोहलीलाई एक दिवसीय फर्म्याटको कप्तानी छाड्न ४८ घण्टाको समय दिएको थियो। यद्यपि उनले सो समयमा उनले कप्तानीबाट राजीनामा नदिएपछि उनलाई बर्खास्त गरिएको हो।