सुदूर नेपाललाई विश्वसँग जोड्दै

ए डिभिजन लिगमा मच्छिन्द्रले जावलाखेललाई हरायो

२०७८ मंसिर २३, ०६:०४ खबर संवाददाता

काठमाण्डौः ए डिभिजन लिगमा बुधवार भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबलाई दुई–शून्य गोलले हराएको छ। 

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रका लागि रञ्जित धिमालले गोल गरे भने एक गोल आत्मघाती उपहार पायो। 

यो जितसँगै मच्छिन्द्र तीन खेलमा सात अङ्कसहित दोस्रो स्थानमा पुगेको छ। जावलाखेलको यो लगातार तेस्रो हार हो। १३ औँ स्थानको जावलाखेलले अङ्क जोड्न सकेको छैन।

आजको खेलबाट मच्छिन्द्रका रञ्जित धिमाल ’म्यान अफ दि म्याच’ हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गर्दा ’इमर्जिङ प्लेयर’ जावलाखेलका सिमान्त थापा भए। 

कमेन्ट लोड गर्नुस