सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोभिड पुष्टि, विद्यालय बन्द

२०७८ मंसिर २२, ०९:५३ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोभिड पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाको कृष्ण आधारभूत विद्यालय सोमबारदेखि बन्द गरिएको हो।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विद्यालयका २ शिक्षकसँगै ५ कक्षामा अध्ययनरत ११ वर्षीय छात्र र उनकी आमामा संक्रमण पुष्टि भएको हो। उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए।

दोस्रो लहरको कोभिड संक्रमण कम भएपछि विद्यालयहरूमा भौतिक उपस्थितिमै पढाइ हुँदै आएको थियो।

कमेन्ट लोड गर्नुस