बझाङको थलाराका वादी समुदायमा परिर्वतनको छनक
वादी जनप्रतिनिधि महिलाको पहल
टोलभरी जताततै फोहर हुन्थ्यो । पुरुषहरु जाँड खाएर विहानै देखी अनावस्यक होहल्ला गरेर गाली बेईजत मात्र सुनिथ्यो । केटाकेटीहरु गाँउटोल तिर त्यसै बरालिएका हुन्थ्ये । महिलाहरु देह व्यापारका लागि स्थानीय बजारहरुमा डुलिरहेका देखिन्थ्ये। यस्तो समाजको बेथिति अवस्थावाट बझाङ थलारा खोलिका बादीहरुमा अहिले सुधारको छनक देखिन्छ । वादी टोलमा छिर्दा अहिले सफाघर अागँन चिटिक्क परेका देखिन्छन् । महिलाहरु आफ्नै घर आँगनमा बालबालिकाहरुसंग बसेर केही उद्यम व्यवसाय गरिरहेका छन् । प्रायः सवै पुरुषहरु एक समुह बनाएर गाँउघरमा निर्माण हुने घर बनाउने कामको ठेक्का लिएर काम गरिरहेका छन् । बच्चाहरु स्कुलतिर छन् सवै घरमा मानिसहरु केही न केही काम गरेर खाने वातावरण गरेको देखिन्छ ।
हुन त अगाडीदेखि पनि थलाराका वादी समुदाय चैनपुरका बादी समुदायभन्दा मेहनत गरेर खाने समुदायका रुपमा चिनिन्छन् । जिल्लाको सवैभन्दा पछाडी परेको सवैले हेला गर्ने बादी समुदायहरु यसरी सानै रुपमा भएपनि परिर्वतनको छनक देखिन हाल यहाँ जनर्निवाचित शारदा वादीको सक्रिय भुमिका देखिन्छ । ईतिहासमा पहिलो पटक निर्वाचनमा उमेदवार भएर चुनावमा जितेकी विपन्न वादी समुदायकी शारदा वादी यो समुदायको पहिलो जनप्रतिनिधि महिला हुन । स्थानीय निर्वाचनमा पनि उनले आफु वादी महिला भएको र वादी साथै अन्य दलित महिलाको हकहितका लागि केही गर्छु भनेर टोल टोलमा प्रचारमा हिडेकी थिईन् ।
जनप्रतिनधि भई सकेपछि अहिले उनी सधै अपमानित भएर बाँचिरहेका वादीहरुको सम्मान रुपमा जिउनका लागि हल्लेर मागेर हैन मेहनत गरेर खानुपर्छ भनेर पुरुष वादीहरुलाई काम गर्न लगाउँछन् । आफुवाट परिर्वतन हुनुपर्छ भनेर उनले आफ्नै जेठानीलाई किरान पसल हाल्ल लगाईन् । जाथाभावी डुल्ने महिलाहरुलाई कुखुरा बुंगुरपालनमा जोड दिएर व्यवसाय गर्न जोड दिएकी छन् । सवैभन्दा गए गुर्जेको बस्ती भनेको बादीहरुनै हुन यो बस्तीको सुधार गर्नु मेरो प्रमुख काम भएकाले यिनीहरुको सुधारका लागि दिनरात लागेकी थलारा वादी टोलकी जनप्रतिनिधि शारदा वादीले भनिन् । उनी वादीकी उदाहरणीय महिला भएकी छन् । बादीका समस्या मागहरु आफ्नो वडा कार्यालय साथै गाँउपालिकामा लिएर बादीको उन्नति हित प्रगतिका लागि दिनरात खटिरहेकी छन् । बादी समुदाय भनेपछि सवैले छिछि गर्थे किनकी उनीहरु काम गरेर नखाने, रक्सी मात्र खाने यस्ता बादी हुन तर अहिले जनप्रतिनिधि आएपछि बादीटोल सुधार भएको थलारा गाँउपालिका ५ नम्वर वडा अध्यक्ष दिर्घराज जोशीले वताए । शारदा वादी पनि ५ नम्वर वडाकी वडा सदस्य हुन । वादीहरुको जीवन सुधारका लागि हामी लागि परेको वताउँदै वडा अध्यक्ष जोशीले भने शारदा जीले यहाँको लागि राम्रो काम गरेकी छन म पनि पछाडी छु ।
नेपाली काँग्रेस पार्टीवाट विजयी भएका वडा अध्यक्ष जोशी र शारदा वादी वादी टोल सुधारका लागि सक्रिय छन् । २८ परिवारको बसोवास रहेको थलाराका बादी समुदायमा अहिले जनता आवसा कार्यक्रमवाट २० परिवारले पुराना घर भत्काएर नयाँ घर बनाएका छन् । स्कुल पढ्ने छोराछोरीहरुको लागि पोशाक साथै ट्युसनका ला िपनि यस वर्ष बजेट राख्न लगाएकी शारदाले भनिन् । अहिले सम्म एक जना १० पास भएको छैन अव पढाईमा जोड दिएकी छु ट्युन कक्षा संचालन गरेर पढाई सुधार गर्नुपर्ने उनको भनाई छ । जनप्रतिनिध भएपछि महिना महिनामा टोल बैठक बस्ने उनले गराएकी छन् । आनीवानी सुधारका लागि जनचेतना दिने काम पनि शारदाले गर्दै आएकी छन् । वादीहरु केही अवसर नपाएर पछाडी परेका हुन केही आफ्नै कारणले पछाडी परेका छन् अव सुधार हुदैछन्– उनले भनिन् । आफ्नो वडाको बजेट विपन्न बादी समुदायका लागि केही छुट्याएको भएपनि गाँउपालिका कार्यालयवाट भने वादीहरुले काँग्रेसमा भोट दिएको भन्दै एमालेबाट विजय गरेका गाँउपालिका अध्यक्षहरुको टिमले सहयोग नगरेको उनको दावी छ ।