कैलालीको गेटामा हप्ता दिन पनि टिकेन कालोपत्रे
गोदावरी नगरपालिकाको वडा नम्वर ५ गेटामा निर्माण भईरहेको सडकको कालोपत्रे एक हप्ता नहुदैं भत्किन सुरु भएपछि स्थानीय वासिन्दा विरोधमा उत्र्रिएका छन्। मापदण्ड विपरित र कमसल निर्माण सामाग्रीको प्रयोग गरिएका कारण भत्किएको भन्दै स्थानीय विरोधमा उत्र्रिएका हुन्। स्थानीय वासिन्दाले तत्काल नयाँ कालोपत्रे गर्न समेत माग गरेका छन्। गोदावरी नगरपालिकाको बजेटबाट निर्माण भईरहेको सडक बारे नगरपालिकाले पनि वेवास्ता गरेको छ। नयाँ कलोपत्रे नगरे आन्दोलनमा उत्र्रिने चेतावनी स्थानीय वासिन्दाले दिएका छन। भीमदत्त राजमार्गदेखि सरस्वती माध्यामिक विद्यालय हुदै गेटा अाँखा अस्पतालसम्म पुग्ने कालोपत्रे भईरहेको सडकको काम मापदण्ड विपरित भईरहेको भन्दै स्थानीय वासिन्दाले विरोध गरेका हुन्। गोदावरी नगरपालिकाको वडा नम्बर ५ मा निर्माण भईरहेको सडकको कालोपत्रे गरिएको स्थानमा कालोपत्रे भत्किन सुरु भएपछि विरोध गरेको स्थानीय वासिन्दा भानदेव पनेरुले बताए।
मापदण्ड विपरित र कमसल निर्माण सामाग्रीको प्रयोग गरिएका कारण भत्किएको भन्दै स्थानीय विरोधमा उत्र्रिएका हुन्। स्थानीय वासिन्दाले तत्काल नयाँ कालोपत्रे गर्न समेत माग गरेका छन्। आवतजावत गर्ने क्रममा नै कालोपत्रे भत्किन सुरु भएपछि ठुलो रकम खान खोजेको आरोप समेत लागेको छ। मौसमको अनुकुलता मिलाएर कालोपत्रे गर्नको लागि स्थानीयले नगरपालिका र निर्माण व्यवसायीलाई पटक पटक खबर गर्दा पनि मनोमानी गरेर कालोपत्रे गरेको स्थानीयले बताएका छन। स्थानीयले निर्माण व्यवसायीसँग मापदण्ड विपरित काम नगर्न भने पनि निर्माण व्यवसायीले वेवास्ता गरेको स्थानीयको गुनासो रहेको छ। गुणस्तरीय काम नगरेमा निर्माण व्यवसायीलाई काम गर्न नदिने आन्दोलनमा उत्र्रिने अर्का स्थानीय दिपक बोहराले चेतावनी दिए।
गोदावरी नगरपालिकाको १८ लाख ९८ हजार ४ सय २० बजेटमा सडक कालोपत्रे भईरहेको छ। गत भदौ २ गते सम्झौता भएर यो महिनाको ३० गतेसम्म सम्पन्न गर्ने गरी कालोपत्रेको काम विनोद कन्ट्रक्सनले पाएको थियो। ३६० मिटर लम्बाईको बाटोलाई कालोपत्रे गर्नुपर्ने गर्नुपर्ने अवस्थामा मापदण्ड विपरित काम भएको भन्दै स्थानीयले विरोध गरेपछि पौसभित्रै सक्नुपर्ने कालोपत्रेको काम रोकिएको छ। तर गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले अनुगमन गरेर गल्ती गर्नेलाई कारवाही गर्ने बताए। स्थानीय सरकार आएपछि जनताले समृद्धीको बाटो छिटो तयार हुन्छकी भन्ने आसा बोकेता थिए। तर स्थानीय तहका जनप्रतिनिधीहरु निर्माण व्यवसायी संग नै मिलेर रमक कुमल्याउन र विकाशको नाममा विनाश गर्नतिर लागेपछि सुदूरपश्चिम बासीहरु निरास भएका छन।