सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २६५ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७८ मंसिर २०, ०७:०३ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा आठ हजार ६१७ जनाको पिसिआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ८३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ६१९ पुगेको छ। पछिल्लो समय थप ३५७ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख चार  हजार ९०१ पुगेको छ। निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

कोरोनाबाट दुईको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४३ पुगेको छ। 

कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय एक लाख ६ हजार ६१० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३८६ छ । हाल होम आइसोलेसनमा ६ हजार ६२, संस्थागत आइसोलेसनमा ३२४, सघन उपचार कक्षमा ११४ र भेन्टिलेटरमा  ३२ जनाको उपचार हुँदैछ ।  

कमेन्ट लोड गर्नुस