बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु
धनगढीः बैतडीको पाटन नगरपालिका–१ सकारमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ८ जना भन्दा बढी घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
मृतकको सनाखत हुन सकेको छैन। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप साढे ५ बजेतिर दुर्घटनामा परेको हो।
घटनाको विस्तृत विवरण भने आउन बाकी छ। चालक भने फरार रहेको बताइएको छ।