‘ओमिक्रोन’ त्रासः बैतडीमा भारतबाट फर्किनेले ७ दिन क्वारेन्टाइन बस्नुपर्ने
२०७८ मंसिर २०, १२:३५
बैतडीः बैतडीमा भारतबाट फर्किएका व्यक्तिले अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको छ। भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएपछि भारतबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो।
नयाँ भेरियन्ट रोकथामका लागि अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टाइनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहहरुलाई पत्राचारसमेत गरिएको बताइएको छ।
कमेन्ट लोड गर्नुस