सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै डेढ लाख मूल्यको अवैध काठ बरामद

२०७८ मंसिर २०, ०८:३८ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा प्रहरीले झण्डै डेढ लाख मूल्यको अवैध काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर र मातहतको बोर्डर आउट पोष्ट बयलबन्दाबाट खटिएको टोलीले एक लाख २० हजार मूल्य बराबरको काठ बरामद गरेको बताएको छ।

बेवारिसे अवस्थामा फेला परेको उक्त सिसौंको काठ कानूनी कारबाहीका लागि गौरीशंकर मध्यवर्ती सामुदायिक वन र प्रतिबन्धित प्लाष्टिक कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाइएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस