दुई वर्षदेखि फुटेको पाईप मर्मत भएन
धनगढी उप–महानगरपालिका वडा नम्बर ६ नजरिया टोलका वासिन्दा शुद्ध खानेपानी पिउनबाट बन्चित भएका छन। २०७३ सालमा टोलमा खानेपानीको लाईन विस्तार भएर संञ्चालन भएपनि पानी आएको एक हप्तामै पाईप फुटेर धारामा पानी नआउँदा नजरिया टोलका वासिन्दा शुद्ध खानेपानीबाट बन्चित भएका हुन। दुई वर्ष हुनै लाग्दा पनि स्थानीयको धारामा पानी आउन सकेको छैन। पाईपमा भने पानी नआएको होईन पाईप फुटेपछि धारामा पानी नलगएको हो। पानी लिक भएर घरका अाँगनहरु हिलाम्मे भएपछि मर्मतमा ध्यान दिईएको छैन्। पाईप फुटेदेखि अहिलेसम्म सरोकारवाला निकायलाई पटक पटक गुहार्दा पनि कसैले चासो नदेखाएको स्थानीय वासिन्दाको आरोप छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ६ मटियारीको नजरिया टोलमा २ वर्ष अगाडी खाने पानीको पाईपलाईन फुटेको भएपनि अहिलेसम्म मर्मत हुन नसकेको हो। २०७३ सालको असारमा जडान गरिएको खानेपानीको पाईप लाईन एक हप्ता नहुदै फुटेको थियो। जडान गर्ने निकाय र नियमन गर्ने निकाय पानी लाईन जोडेपछि एक पटक पनि फर्केर त्यहाँ नगएको स्थानीयको आरोप छ। स्थानीयले पटक पटक सरोकारवाला निकायमा धाउँदा कसैले सुनेपनि नसुने जस्तै गरेको एकजना स्थानीय कृष्णा भट्टले बताईन।
प्रायः हिलाम्मे हुने भनेको वर्षातको समय हो तर नजरिया टोलमा १२ महिना नै वर्षातको समय जस्तै हुने गरेको छ। खानेपानीको लागि लिईएको पानी न त पिउन नै पाइर्एएको छ न त सिचाईमा नै प्रयोग गर्न सकिएको छ। घर आगनमै पानी जाम्ने, नालीमा जम्मा हुने हुँदा जाडो मौषममा पनि नजरियाका स्थानीय यो समयमा लामखुट्टेले सताउने चिन्तामा रहेका छन्। स्थानीयले थाहा भएका सवै निकाय धाए पनि समस्या त्युका त्यु रहेको अर्का स्थानीय जगत्रा कार्कीले बताईन। चुनाव ताका सबै पार्टीका नेताहरुले यो समस्याको समाधान गर्ने भने पनि अहिले भने कानमा तेल हालेर सुतिरहेका छन। गाउँगाउँमा सिंहदरवार आएको नारा सुनाउनेहरु लाई पनि कता गए भनेर खोज्नु पर्ने अवस्था सृजना भएको स्थानीयको गुनासो छ।