बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु
धनगढीः बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भने, २ जना घाइते भएका छन्। बडीमालिका नगरपालिकाको सुवा कादमा अटो दुर्घटना भएको हो। मार्तडी देखि जडाङगा जादै गरेको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
मत्यु भएकाहरुको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिमा खसेको जिल्ला प्रहरीले बताएको छ।