कञ्चनपुरमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बङ्क नजिकै पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जिपले ठक्कर दिदा एक वृद्धको मृत्यु भएपछि बन्द गरिएको राजमार्ग सञ्चालनमा आएको छ।
स्थानीय प्रशासनले र पीडित पक्षबीच कानुन बमोजिम कारबाही र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।
आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जिपले ठक्कर दिँदा ६५ वर्षीय तारानाथको मृत्यु भएपछी स्थानीयले पूर्व–पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका थिए।