सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक पसलमा आगलागी हुँदा ४ लाखको क्षती

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर १९, ०८:३२ खबर संवाददाता

धनगढी : कञ्चनपुरको एक पसलमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका -२ चवन्नी बजारका मनोज घिमिरेको वर्षा सुनचाँदी पसलमा आगलागी भएको प्रहरीले बताएको छ।

शनिबार ग्याँस सिलिण्डरबाट आगलागी हुँदा पसलका विभिन्न सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षती भएको बताइएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस