सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्युजिल्याण्डका बलर एजाज पटेलले एकै इनिङमा १० विकेट झारे

२०७८ मंसिर १८, ०२:४२ खबर संवाददाता

मुम्बईः न्युजिल्यान्डका बलर एजाज पटेल एक्लैले भारतविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा सबै १० विकेट झारेका छन्। मुम्बाइमा जारी खेलमा पटेलले भारतका सबै खेलाडीलाई एक्लैले आउट गरेका हुन्।

टेष्ट क्रिकेटमा एकै इनिङमा १० विकेट लिने कीर्तिमान बनाउने पटेल तेस्रो खेलाडी हुन्। यसअघि भारतका अनिल कुम्बले र इंग्ल्याण्डका जिम लेकरले पनि एकै इनिङमा १० विकेट पनि लिएका थिए। कुम्बलेले सन् १९९९ मा पाकिस्तानविरुद्ध र लेकरले सन् १९५६ मा अस्ट्रेलियाविरुद्ध यस्तै प्रदर्शन देखाएका थिए। मुम्बाईमा जारी खेलमा पटेलले १ सय १९ रन दिएका भारतको १० विकेट झारिदिएका हुन्।

उनले ४७ ओभर ५ बल फालेका थिए। अल आउट हुनअघि भारतीय ब्याट्सम्यानले ३ सय २५ रन मात्रै जोड सके। न्युजिल्यान्डको तर्फबाट ११ टेष्ट म्याच खेल्दै गरेका पटेलको जन्म सन् १९८८ मा मुम्बईमा भएको थियो। दोस्रो टेष्टमा पहिलो इनिङमा भारतका लागि मयंक अग्रवालले १ सय ५० रनको इनिङ खेले । अक्सर पटेलले ५२ रन बनाए। एजाजले कप्तान विराट कोहली, चेतेश्वर पुजारा र रविचन्द्र अश्विनलाई डक आउटा गरेका थिए।

कमेन्ट लोड गर्नुस