परशुरामको वडा नं ७ द्वारा दाहसंस्कारका लागि निःशुल्क दाउराको व्यवस्था
हरिश चन्द, डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–७ ले आर्थिक वर्ष २०७८/७९ को बजेटमा मृत्यु भएका व्यक्तिहरुको दाहसंस्कारका लागि निःशुल्क दाउराको व्यवस्थापन गरेको छ। वडाले उक्त शिर्षकमा ५० हजार रकम विनियोजित गरेको हो।
उक्त रकमबाट वडा कार्यालय नजिक चौराहमा दाउरा संकलन गरि राखिएको छ। मसान घाटमा दाउराको अभाव देखिएको अवस्थामा सहजताका लागि दाउराको व्यवस्था गरिएको वडा अध्यक्ष केशव बोहराले बताए। ‘एउटा नागरिकले जीवनभर राज्य र समाजका लागि उल्लेखनिय योगदान गरेको हुन्छ। मृत्युमा सिङ्गो वडाको तर्फबाट निःशुल्क दाउरा दिएर मृतकप्रतिको सम्वेदना दिन खोजिएको हो’ बोहराले भने।
परशुराम नगरपालिका ७ ले बजेट व्यवस्था गरेपनि नगरभरीका मृत्यु हुने सबैको दाहसंस्कारका लागि कुनै पैसा नलिइ एक ट्रलि दाउरा दिइने पनि अध्यक्षले बताए।