सुदूर नेपाललाई विश्वसँग जोड्दै

सूचना आयोगले पत्र लेख्दा पनि सुर्नया गाउँपालिकाले दिएन सूचना

२०७८ मंसिर १७, ०६:४४ खबर संवाददाता

धनगढी: सुर्नया गाउँपालिका बैतडीले सूचना नदिएको आरोप लागेको छ। गाउँपालिका–२ निवासी देवबहादुर चन्दलाई गाउँपालिका कार्यालयले सूचना नदिएको आरोप लागेको हो। उनले पहिलो पटक सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगले समेत गाउँपालिकालाई सूचना उपलब्ध गराउन पत्र लेखे पनि गाउँपालिकाले सूचना नदिएको बताए।

उनले गाउँपालिकाले सूचना नदिएपछि आयोगमा पुनरमवेदन गरेको र आयोगले गाउँपालिकाको नाममा ७ दिनभित्र लिखित व्यहोरा पठाउन भनि पत्र पठाएको बताए। पत्र पठाएपछि पनि गाउँपालिकाले सूचना नदिएपछि आयोगले दोस्रो पटक पत्र पठाउँदा पनि सूचना उपलव्ध नगराएको चन्दले बताए।

कमेन्ट लोड गर्नुस