सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइटिएफ वल्र्ड टेनिस :नेपाली खेलाडी सेमिफाइनलमा

२०७८ मंसिर १६, ०९:५० रासस

पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी ‘आइटिएफ गल्र्स-ब्वाइज यू–१८ वल्र्ड ¥याङकिङ टेनिस टुर’ अन्तर्गत आजको क्वाटरफाइनलको खेलमा ‘डबल्स’तर्फ नेपाली खेलाडीले सङ्घर्षपूर्ण जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत पुरुषतर्फ नेपालका आरभविक्रम हाडा र आर्यन गिरीको जोडी र महिलातर्फ अभिलाषा विष्ट र सलोनी तामाङ तथा प्रतीक्षा श्रेष्ठ र रायन शाहको जोडी सुपरटाइमा सङ्घर्षपूर्ण जीत निकाल्दै सेमिफाइनल प्रवेश गर्न सफल भयो।

नेपाली जोडी आरभ र आर्यनले भारतीय जोडीले निखिल मित्तल र अनर्व यादवविरुद्धको खेलमा पहिलो सेट ४–६ अङ्कले गुमाए पनि दोस्रो सेटमा भने जीत निकाल्यो। उनीहरु अन्तिम सेट सुपरटाइमा १०–५ अङ्कले जित्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भए। आरभ र आर्यनले फाइनलको यात्रा तय गर्न शुक्रबार हुने सेमिफाइनलमा भारतका कविर चावरिया र दक्ष प्रसादसँग प्रतिस्पर्धा गर्ने छन्।

महिलातर्फ अभिलाषा र सलोनीको जोडीले भारतीय जोडी नियाती कुक्रेती र सञ्जय मोहन्तीसँग पहिलो सेट १–६ ले गुमाए पनि दोस्रो सेटमा ६–३ अङ्कको जीत निकाल्न सफल भयो। सुपरटाइमा पुगेको खेलमा अभिलाषा र सलोनीले १२–१० खेल जित्दै सेमिफाइनलमा भारतीय खेलाडी दिभा भाटिया र मेहर मिश्रासँगको भेट पक्का ग¥यो। 

अर्को खेलमा रायना र प्रकृतिसमेत सुपरटाइमा खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए। उनीहरुले  भारतीय जोडी श्रीनिधि रेड्डी र तनुषसँगको खेलमा पहिलो सेट ७–६ ले जित्दै भारतीय खेलाडीलाई दबाबमा राखे पनि दोस्रो सेट १–६ ले गुमाउन पुगे।

अन्तिम सेट सुपरटाइमा १०–७ ले जित्दै सेमिफाइनलको यात्रा तय गरे। उनीहरुले सेमिफाइनलमा नेपालकै इशा श्री शाह र सर्वाणी श्रेष्ठसँग खेल्नेछन्।

जिल्ला टेनिस सङ्घले टेनिसको नियमनकारी सर्वोच्च निकाय विश्व टेनिस महासङघसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताबाट खेलाडी बरियता तय हुनेछ। 
 

कमेन्ट लोड गर्नुस