मेस्सीले सातौंपल्ट जिते बेलोन डी’ओर
एजेन्सी: पेरिस सेन्ट जर्मेइन (पीएसजी) तथा अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले वर्षको उत्कृष्ट फुटबलरका रुपमा कीर्तिमानी सातौंपल्ट बेलोन डी’ओर अवार्ड जितेका छन्। सन् २०२१ मा मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले यो वर्ष ४० गोल गरेका छन्।
मेस्सी यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा वर्षको उत्कृष्ट खेलाडीका रुपमा बेलोन डी’ओरबाट सम्मानित भएका छन्।