सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन चाँदीको मूल्यमा सामान्य गिरावट

२०७८ मंसिर १४, ११:४५ रासस

काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ९०० कायम भएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस