सुदूर नेपाललाई विश्वसँग जोड्दै

इङ्ग्लिस प्रिमियर लिग :म्यानचेस्टर सिटीद्धारा वेस्ट ह्याम २–१ गोलले पराजित

२०७८ मंसिर १३, ०८:०९ खबर संवाददाता

काठमाण्डौः  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई हराएको छ।

सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक-एक गोल गरे।

वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल गरे। जितसँगै सिटी १३ खेलमा २९ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ। वेस्ट ह्याम २३ अङ्क जोडेर चौथो स्थानमा रहेको छ।

यस्तै, गएराति भएको अर्को खेलमा लेस्टर सिटीले वाट्फोर्डलाई ४–२ गोल अन्तरले पराजित गरेको छ भने ब्रेन्टफोर्डले एभर्टनलाई १–० गोल अन्तरले हराएको छ। बर्नली र टोटेनह्यामको खेल भने स्थगित भएको छ। 

कमेन्ट लोड गर्नुस