‘अमिक्रोन’ भेरियन्ट आएपछि नेपालमा उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको सुझाव
काठमाडौं: विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अमिक्रोन’ बाट बच्न उच्च सतर्कता अपनाउन नेपाललाई सुझाव दिएको छ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आइतवार एक विज्ञप्ति निकालेर ओमिक्रोन भेरियन्ट अति जोखिमपूर्ण रहेको भन्दै नेपालसहितका देशलाई निगरानी, सामाजिक दुरी, मास्क अनिवार्य, खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनलगायतका कामलाई उच्च प्राथमिकता दिन आग्रह गरेका हुन्।
विदेश आउजाउ गर्नेमाथि उच्च निगरानी गर्न र भिडभाडलाई नियन्त्रण गर्न डब्ल्यूएचओको सुझाव छ।