सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा काँग्रेस नेतृत्व चयनका लागि मतदान सकियो, मतगणना रातिदेखि

फोटो: जनसरोकारपोष्ट
फोटो: जनसरोकारपोष्ट
२०७८ मंसिर ११, ०६:०४ खबर संवाददाता

कञ्चनपुर: नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा जिल्ला अधिवेशनको मतदात सम्पन्न भएको छ। शनिबार जिल्ला नेतृत्व चयनका लागि भएको भएको मतदात सम्पन्न भएको हो। कूल १ हजार ६ सय १८ मतदाता मध्ये १ हजार ५ सय ७१ मत खसेका छन। क्षेत्र नम्बर १ मा ५१३, २ मा ४९७ र ३ मा ५६१ मत खसेका छन्। मतगणना शनिबार राति ११ बजेपछि हुने बताइएको छ।

काँग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ चुनावी मैदामा उत्रिएका छन्। जिल्ला सभापति, पदाधिकारी सहित जिल्ला सदस्य पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए। 

काँग्रेस कञ्चनपुर नेताहरुका अनुसार जिल्ला कार्य समितिका लागि एनपी साउद दिवान विष्टको संयुक्त प्यानल र रमेश लेखक पक्षले कोइराला पक्षका केही नेतालाई साथमा लिएर चुनावी मोर्चा बनाएका छन्। 

कमेन्ट लोड गर्नुस