सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर काँग्रेसमा थापा भर्सेस बोगटी

२०७८ मंसिर ११, ०२:४३ खबर संवाददाता

धनगढी: नेपाली काँग्रेस कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ। सभापति पदका उम्मेदवार बहादुरसिंह थापा र पदम बोगटी प्यानलसहित चुनावी मैदानमा छन्। बोगटीलाई केन्द्रीय सदस्य रमेश लेखक र थापालाई अर्का केन्द्रीय सदस्य एनपी साउदको साथ छ।

काँग्रेस कञ्चनपुरका अनुसार पदाधिकारीसहित ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदानमा छन्। थापा टीमको उपसभापतिमा मिनबहादुर सिंह र हरिशचन्द्र रानाको उम्मेदवारी छ। सचिवमा भीमराज भट्ट र हेमराज ओझा समेटिएका छन्। सहसचिवमा नाफूसिंह साउद र हरिप्रशाद अधिकारी उम्मेदवार बनेका छन्।

यस्तै बोगटीको प्यानलबाट उपसभापतिमा दिवाकर पाण्डेय, शंकरबहादुर चन्द, सचिवमा जनकसिंह धामी, सिद्धराज भट्ट र सहसचिवमा कबिराज भट्ट तथा पुष्कल चौधरी चुनावी मैदानमा छन्। तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा झण्डै १ हजार ६ सय भन्दा बढी प्रतिनिधि मतदाता छन्। विहान साढे ८ बजेबाट मतदान सुरु भएकोमा दिउसो साढे ३ बजेसम्म चल्नेछ।

कमेन्ट लोड गर्नुस