एलपीएलको सहप्रायोजकमा एभरफन चकलेट
धनगढी: धनगढीमा आगामी माघ दोस्रो साताबाट लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को सहप्रायोजक (गेट प्रायोजक) एभरफन चकलेट रहने भएको छ। विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको सहप्रायोजकको रुपमा शुक्रबार एभरफन चकलेट जोडिएको हो।
प्रतियोगिताको सहप्रायोजक एभरफन चकलेटको तर्फबाट प्रदीप राना र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सको तर्फबाट अध्यक्ष रामचन्द्र शाही बिचसहप्रायोजक (गेट प्रायोजक) सम्बन्धि सम्झौता भएको हो।