सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ७ राउण्ड गोलीसहित बरामद भएको पेस्तोल कस्को ?

२०७८ मंसिर १०, ११:०८ खबर संवाददाता

धनगढी : कैलाली प्रहरीले दुई थान पेस्तोल र सात राउण्ड गोली बरामद गरेको छ। जिल्लाको टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलको ३०१ नम्बरको कोठाबाट दुई थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने सात राउण्ड गोली बरामद गरिएको हो। 

‘होटलमा अवैध हतियार राखेको हुनसक्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट टोली खटाइको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले भने, ‘३०१ नम्बर कोठामा खानतलासी गर्ने क्रममा बाथरुमभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरिएको हो।’

बुधबार दिउँसो बरामद गरिएको हतियार कस्को हो ? भन्नेबारे नखुलेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए। एक प्रहरी अधिकारीका अनुसार कैलालीको लम्कीका युवक भूपेन्द्र बडुवाल हत्या प्रकरणका आरोपितहरुको उक्त हतियार हुनसक्ने सम्भावना बढी छ।

ती अधिकारीले भने, ‘भूपेन्द्र प्रकरणका आरोपितले पनि हतियार बोक्ने गरेको खुलेको छ। उनीहरुकै हुनसक्ने सम्भावना बढी छ। होटलको सिसीटिभी फुजेट विश्लेषण गरेपछि थप खुल्छ होला।’

कमेन्ट लोड गर्नुस